Entrance Manual for Grade I
प्रस्तुत Entrance Manual for Grade I पुस्तक साना
भाइबहिनीहरूका लागि प्रतिष्ठित विद्यालयहरूले लिने प्रवेश परीक्षाको सहयोगका लागि
तयार पारिएको हो । यस पुस्तकले उनीहरूको शैक्षिक यात्रा आत्मविश्वासका साथ अगाडि
बढाउन आवश्यक तयारी, स्रोतसामग्री, र मार्गदर्शन प्रदान गर्दछ । यसले दीर्घकालीन
शैक्षिक सफलताका लागि बलियो आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।
यस पुस्तकमा अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामान्य ज्ञान तथा आई.क्यू.का आधुनिक सिकाइ शैली र अभ्यासहरू प्रशस्त मात्रामा समावेश गरिएका छन् । यस पुस्तकमा चित्रात्मक विधिद्वारा सिकाइ सहजीकरण गर्न खोजिएको छ, जसले गर्दा नानीबाबुहरू आफै पुस्तकको मद्दतले सिक्न सक्छन् ।
यस पुस्तकमा बालबालिकाहरूको सिकाइ यात्रामा प्रभावकारी रूपमा सहयोग गर्नका लागि व्यवहारिक सुझावहरू समावेश गरिएका छन् । घरमै सकारात्मक र सहायक वातावरण सिर्जना गरेर अभिभावकहरूले आफ्ना बालबालिकाहरूको शैक्षिक अनुभवलाई थप प्रभावकारी बनाउन सक्नेछन् ।
यस पुस्तकलाई आगामी दिनमा अझ स्तरयुक्त बनाउनका लागि उचित एवम् रचनात्मक सुझावको अपेक्षा गर्दछौँ ।