प्रस्तुत पुस्तक Entrance Manual for Grade 6 (दशौँ संस्करण) विगत १3 वर्ष देखि अविच्छिन्न रुपमा प्रकाशित हुदै आइरहेको पुस्तक हो । कक्षा ५ उत्तीर्ण गरी देशका प्रतिष्ठित शिक्षण संस्थाहरूमा कक्षा ६ मा प्रवेश गरी अध्ययन गर्ने विद्यार्थीहरूको प्रवेश परीक्षा तयारीका लागि यो पुस्तक तयार पारिएको हो । सबै अभिभावकलाई आफ्ना बालबालिकालाई प्रतिष्ठित शिक्षण संस्थामा अध्ययन गराऔँ भन्ने प्रबल इच्छा हुन्छ । तर त्यस्ता शैक्षिक संस्थाहरूमा भर्ना लिने सङ्ख्या सीमित हुन्छ जसका कारण प्रतिस्पर्धामा अब्बल ठहरिने विद्यार्थीहरूले मात्र स्थान पाउन सक्दछन् ।
कलिला बालबालिकाहरूलाई परीक्षा तयारी कक्षामा सहभागी गराउनु व्यावहारिक रूपमा जटिल कार्य हो । परीक्षा तयारीका लागि कक्षा नै लिनु नपरोस् भन्ने उद्देश्यले यो पुस्तक तयार पारिएको हो । आधुनिक सिकाइ शैली एवं प्रतिष्ठित विद्यालयहरूमा सोधिने गरेका वा सोधिन सक्ने प्रश्नपत्रहरूका प्रशस्त नमुना समावेश गरी सरल तथा बोधगम्य शैलीमा यो पुस्तक तयार पारिएको छ, जसका माध्यमले बाबुनानीहरू घरमै बसी परीक्षा तयारी गर्न सक्छन् ।
प्रस्तुत पुस्तक प्रवेश परीक्षाका लागि मात्र नभएर माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीका लागि सन्दर्भसामग्रीका रूपमा समेत प्रयोग हुन सक्छ किनकि राम्रो अध्ययनका लागि आधारभूत ज्ञान अत्यावश्यक हुन्छ । यस पुस्तकले आवश्यक आधारभूत ज्ञानमा विद्यार्थीलाई सक्षम बनाउन समेत सहयोग गर्दछ ।
यो पुस्तक तयार पार्न विभिन्न व्यक्तिहरूले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउनु भएको छ । ती महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । पुस्तकलाई यथासम्भव स्तरीय बनाउने प्रयत्न गरिएको छ, थप स्तरीय बनाउनका लागि प्रयोगकर्ताहरूबाट सुझावको अपेक्षा गर्दछौँ ।
यो पुस्तक निम्न पसलहरूमा पनि उपलब्ध छ ।
प्रतिमा बुक्स हेरिटेज पब्लिशर्स एण्ड डिस्ट्रिब्युटर्स
रानीपोखरी, भक्तपुर भोटाहिटी, काठमाडौं
☎ 01-6610572 ☎ 01-5321291 | 5329770
गार्खे बुक डिपो न्यू प्रभात स्टेशनरी
देशी लाइन, धरान–६ बुद्धपथ, सुर्खेत
☎ 025-524778 | 9852049859 ☎ 083-520075 | 9858050410
अभिषेक पुस्तक पसल बास्कोटे पुस्तक पसल
बर्दिबास, महोत्तरी अत्तरिया, कैलाली
☎ 044-550313 | 9854031191 ☎ 091-550583 | 9868412830
उपेती पुस्तक भण्डार न्यू पुष्पाञ्जली पुस्तक पसल
पर्सा, चितवन पर्सा, चितवन
☎ 9855059438 ☎ 056-582624 | 9845107701
मनोकामना बुक्स एण्ड स्टेशनरी विशाल पुस्तक सदन
पोखरा हस्पिटल लाइन, बुटवल
☎ 061-580441 | 9856057964 ☎ 071-546559 | 9857030210
प्रतिमा बुक्स
असोज २, २०८२










Visit: