प्रस्तुत Entrance Manual for Grade 6 पुस्तक आफ्नो घर वरिपरी विद्यालयबाट प्राथमिक शिक्षा उत्तीर्ण गरी देशमै नाम चलेका शिक्षण संस्थामा निम्न माध्यमिक तहमा प्रवेश पाउन चाहने साना भाइबहिनीहरूका लागि तयार पारिएको हो ।
सबै अभिभावकको आफ्नो बालबालिकालाई राम्रो शिक्षण संस्थामा अध्ययन गराऔँ भन्ने प्रबल इच्छा हुन्छ । जब कि त्यस्तो नाम कमाएको विद्यालयमा विद्यार्थी भर्ना लिने सङ्ख्या सीमित हुन्छ ।
कलिला बालबालिकाहरूलाई घरबाहिर Coaching वा Tuition पठाउन अति नै गाह्रो हुन्छ । त्यसैले बाहिर पठाउन नपरोस् भन्ने उद्देश्यले यस पुस्तकमा आधुनिक सिकाइ शैली र अभ्यासहरू प्रशस्त मात्रामा समावेश
गरिएको छ । यसले गर्दा नानीहरू आफै पुस्तकको मद्दतले सिक्न सक्छन् ।
यो पुस्तक त्यस्तै विद्यालयहरूमा सोध्ने गरेका वा सोध्न सक्ने प्रश्नपत्रको आधारमा सरल भाषामा तयार पारिएको छ । यस पुस्तकमा English, Mathematics, Nepali, Science, G. K. & I. Q., Model Questions, Model Question with solution र Answers & Explanations समावेश छन् ।
यो पुस्तक प्रवेश–परीक्षाका लागि मात्र नभएर निम्न माध्यमिक तहका विद्यार्थीहरूका लागि सन्दर्भसामग्री पनि हो किनभने निम्न माध्यमिक तहमा राम्रो अध्ययन गर्नका लागि आधारभूत ज्ञानहरू अति नै आवश्यक
हुन्छ । ती आधारभूत ज्ञानहरू यस पुस्तकमा समेटिएका छन् ।
यो पुस्तक तयार पार्न विभिन्न व्यक्तिहरूले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउनु भएको छ । ती
महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । पुस्तक सकेसम्म स्तरयुक्त बन्न सकोस् भनी प्रशस्त प्रयास गरिएको छ । यस पुस्तकलाई आगामी दिनमा अझ स्तरयुक्त बनाउनका लागि उचित सुझावको अपेक्षा गर्दछौँ ।
- प्रतिमा बुक्स
18th February 2020
Hi
ReplyDelete