Baudha Dharma Ek Parichaya
म जन्मेहुर्केको बौद्ध समाजमा भए पनि मलाई बौद्ध धर्मसम्बन्धी कुनै ज्ञान थिएन । म देखावटी रूपमा अरूको नक्कल मात्र गर्दथेँ । जब मैले बौद्ध हिमालय अध्ययन केन्द्र लुम्बिनी विश्वविद्यालयअन्तर्गत काठमाडाँै चुच्चेपाटीमा बौद्ध धर्म र हिमालय भूभागको संस्कृति अध्ययन गर्ने मौका पाएँ त्यसबेला मेरो खुशीको सीमा रहेन । मसँग बौद्ध धर्मसम्बन्धी कुनै पनि शब्दको टुसासम्म नपलाएको कारणले गर्दा पूजनीय गुरुहरूका बौद्ध धर्मसम्बन्धी विचार र व्याख्या सुनेर धमिलो पानीमा माछा अलमलिएझैँ म अलमलिन पुगेँ ।
मानिसहरू जन्मसिद्ध धर्म र संस्कार लिएर जन्मेका
हुँदैनन् । मानिस आफूले देखेर, सुनेर अनि अनुभव गरेर धर्म
संस्कार अँगाल्ने गर्दछ । एक सभ्य धार्मिक व्यक्ति बन्नको लागि सङ्गत,
इच्छाशक्ति र दक्ष
गुरुका साथै अध्ययन र अभ्यासको आवश्यकता हुन्छ । बौद्ध धर्म अध्ययनका लागि नेपाली भाषामा धर्म ग्रन्थहरूको अभाव र केही प्राप्त ग्रन्थहरू पनि सहर केन्द्रित छन् । उपलब्ध संस्कृत, तिब्बती र अंगे्रजी भाषाका
ग्रन्थहरू हामी जस्ता सामान्य पाठकका लागि सहज हुने कुरै भएन । केही दक्ष धर्म गुरुहरू पनि सहरमा नैं केन्द्रित भएकाले धर्म अभ्यास गर्ने तीव्र इच्छा हुँदाहँुदै पनि हामी गाउँघरमा बसोबास गर्ने सामान्य बौद्धधर्मका अनुयायीहरू लाभान्वित हुन सक्तैनौँ । बत्तीमुनिको अँध्यारो भनेझैँ बुद्धको देशमा जन्मेर पनि बुद्धले दिएका दुर्लभ एवं हितकारी उपदेश सिक्न र अभ्यास गर्न नपाई हामी अन्योलमा परेका छौँ । बौद्ध उपदेशअनुसार रोग निको पार्नलाई औषधि खानुपर्छ, औषधिको नाम पढेर रोग निको
हँुदैन । त्यसै गरी मोक्ष प्राप्त गर्न पनि धर्मचर्याको अभ्यास गर्नुपर्छ, कथा पढ्दैमा धर्मफल प्राप्त हँुदैन । त्यसैले पाठकलाई धर्म अभ्यास गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो सानो पुस्तिका तयार पारेको छु । यो पुस्तक तयार पार्नका निम्ति विद्वान्, प्राज्ञिक, करुणाावान् तथा विषयको शिक्षण क्षेत्रमा पोख्त गुरुहरूको आशीर्वाद, प्रेरणा र माया प्राप्त गरेको छु । उहाँहरूको प्रत्यक्ष निर्देशन र निरीक्षणमा यस पुस्तिकामा मैँले हिमाली बौद्धधर्म, दर्शन र चाड पर्वहरूलाई समेट्ने प्रयास गरेको छ ।
यस पुिस्तकाले शरीर, मन र वचनले अकुशल काम
त्यागी कुसल काम गर्नु नै धर्म हो भन्ने कुरालाई पुष्टि गरेको छ । सांसारिक दुःख भनेको कसैले दिएको दुःख होइन । हाम्रो आफ्नै कर्मबाट उत्पत्ति भएको हो । यस ६ लोकमा जहाँ जन्मे पनि दुःख बाहेक सुखको त नाम मात्र पनि सुन्न पाइँदैन । दुःखबाट मुक्ति पाउन बुद्धले बताएका आर्य आष्टांगिक मार्ग पालना गर्नुपर्छ । श्रावकयान भनेको कुनै धरातलको श्यामश्वेत तस्बिर हो भने महायान भनेको रङ्गीन तस्बिर र बज्रयान भनेको रङ्गीन तस्बिर भइकन पनि जताततैबाट हेर्न सकिने चलचित्र हो । विषय वा धरातल एउटै भए पनि विभिन्न यानहरूको विषयमाथि हेर्ने दृष्टिकोण फरक देखिन्छ । महायानी धर्म सम्प्रदायमा विभिन्न परम्पराहरू रहेका छन् । ती सबैको मूल जरो एउटै हो र अन्तिम गन्तव्य पनि एउटै हो । यसरी परम्पराको नाममा राम्रो नराम्रो व्याख्या गरी पापको भारी बोक्नुभन्दा बुद्ध वचन पालना गर्नु बुिद्धमानी हो । जो अरूलाई नराम्रो या तुच्छ देख्छ,
ऊ बौद्ध धर्म
विरोधी वा अबौद्ध हो ।
मलाई जन्म दिई बौद्ध धर्म पढ्न, सुन्न योग्य बनाइदिने पूजनीय बाबुआमाका साथै ज्ञान प्रदान गर्ने गुरुहरूप्रति म नतमस्तक छु । यस पुस्तिकामा स्वर्ण भूमिका लेखेर उच्च मूल्याड्ढन गरिदिने लुम्बिनी बौद्ध विश्व विद्यालयअन्तर्गत लुम्बिनी बौद्ध धर्म तथा हिमाली अध्ययन महाविद्यालय, चुच्चेपाटी, काठमाडौँका डा. रमेश ढुङ्गेल, अति व्यस्तताका बाबजुद मूल्यवान् समय खर्चेर यस पुस्तिका लेखनमा निरन्तर निरीक्षण गरिदिनुहुने बौद्ध विद्वान् तथा तिब्बती भाषाका ज्ञाता पुण्यप्रसाद पराजुली, सम्पादक ध्रुव बस्याल, शुभ कामना तथा मन्तव्य लेखेर यस पुस्तिका लेखन कार्यमा ऊर्जा थपिदिने कल्पना पराजुली, नेपाल बौद्ध पाल्युल नाम्ड्रोलिब समाजका सचिव आचार्य छिरिब शेर्पा, धार्मिक शब्द चयन गर्न सहयोग गर्ने आचार्य निमा साब्वो तामाङ्ग,
आचार्य दावा
तेन्जिन शेर्पा, आचार्य साङ्गेवाबछुग शेर्पा, आचार्य टाशीदोर्जे तामाङ्ग, कम्प्युटर सेटिङ्ग गरि दिने मनोज कुमार साह, वर्णविन्यासमा सहयोग
गरिदिनु हुने मणिराम घिसिङ्ग, कम्प्युटर टंकण गरिदिने मदन के.सी.,
यस्तो पुस्तिका
लेख्नु भनी हौसला दिई आत्मबल बढाइदिनु हुने अनिल घिसिङ्ग र माइला घिसिङ्गका साथै माया गर्ने अग्रजहरू, आदर गर्ने प्यारा शीलवान् मित्रहरू तथा यो
पुस्तिका अध्ययन गर्ने पाठकज्यूहरूप्रति संसारको अनन्तसम्म बुद्धको आशीर्वाद प्राप्त होस् भनी त्रि–रत्नसँग तीव्र श्रद्धाले प्रार्थना गर्दछु ।
झ्याङ्ग छुव सेम छ्योग रिन् पो छे । मा के पा नाम के ग्युर चिग ।।
के पा न्याम् पा मे पा यी । घोङ्ग ने घोङ्ग दु फेल वर स्योग ।।
अर्थ
अमूल्यवान् उत्तम बोधिचित्त उत्पŒिा नभएकाहरूमा उत्पŒिा होस् र उत्पŒिा भएकाहरूमा सदा अटल रही उत्तरोत्तर बृद्धि भई
फैलिरहोस् ।।
राम बहादुर तामाङ्ग (मोक्तान),
२०७१–०८–१५,
bajra_engg@yahoo.com