School Music
पहिले पहिले मनोरञ्जनको साधनमात्र मानिने सङ्गीत हाल व्यावसायिक बन्दै गइरहेको
छ । यसर्थ सङ्गीत मानिसको आय आर्जनको गतिलो स्रोत पनि बन्दै छ । सायद यही कुरालाई
मनन् गरेर होला कतिपय विद्यालयहरूमा सङ्गीत शिक्षणलाई अनिवार्य गरिएको छ र अन्य
विद्यालयहरू पनि सङ्गीत शिक्षणलाई आफ्नो शिक्षण कार्यक्रममा थप्ने मनस्थितिमा छन्
। यसका साथै ठाउँठाउँमा सङ्गीत प्रशिक्षण
केन्द्रहरू पनि धमाधम खुलेको छन् । यद्यपि सङ्गीत सिक्न चाहनेहरूका लागि सजिलै
बुझ्न सकिने पाठ्यपुस्तकको अभाव चाहिँ छँदैछ । यसै अभावलाई परिपूर्ति गर्ने
उद्देश्यले हामिले स्कुल सङ्गीत नामक पुस्तक प्रकाशन गर्ने जमर्को गरेका छौँ ।
विशेष गरी यो पुस्तक निम्नमाध्यमिक तहका विद्यार्थीहरूलाई उपयोगी हुने गरी तयार
पारिएको छ भने स्वतन्त्र रूपले सङ्गीत सिक्न चाहनेहरूका लागि पनि यो उत्तिकै
प्रभावकारी हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । यसका साथै सङ्गीत शिक्षण गर्ने
गुरुहरूलाई पनि यो पुस्तकले मार्ग निर्देश गर्नेछ भन्नेमा हामी विश्वास छौँ । यस
पुस्तकलाई हरसम्भव स्तरीय र परिष्कृत बनाउने प्रयत्न गरेका छौँ । तथापि लेखन र
प्रकाशनमा क्रममा भएका विषयगत र भाषिक त्रुटिप्रति क्षमा माग्दै आगामी संस्करणमा
अझै परिष्कृत परिमार्जित र त्रुटिरहित बनाउने कार्यका हामी प्रतिबद्ध छौँ । यसका
लागि सबैका रचनात्मक सुझाव हाम्रा लागि स्वागतयोग्य हुनेछन् ।
"If I were not a physicist, I would probably
be a musician. I often think in music. I live my daydreams in music. I see my life in terms of
music."
- Albert Einstein
“म भौतिकशास्त्री नभएको भए सम्भवतः सङ्गीतकार हुन्थेँ,
म दिवास्वप्नमा सदा संगीत नै कल्पिन्छु र
जीवनका यावत क्षणमा सङ्गीत नै नियाल्छु ।”
- अल्बर्ट
आइन्सटाइन
धन्यवाद
प्रतिमा बुक्स
दुधपाटी, भक्तपुर – १









