Tuesday, April 7, 2020

बाह्र लोको वार्षिक फल

बाह्र लोको वार्षिक फल

ज्योतिषशास्त्र एक अद्धितीय महाशास्त्र हो । ज्योतिषशास्त्र भूमि प्राप्त गरेकालाई आवश्यक हुँदैन भने  धारण मानिसहरुको लागि अति महत्वपूर्ण शास्त्र हो । ज्योतिषशास्त्र एक एैना हो जसले तपाईंको शुभ— अशुभ फल छर्लङ्ग देखाउँछ । यसलाई स्वीकार गर्ने नगर्ने व्यक्तिगत अधिकार हो । चिनियाँ ज्योतिषशास्त्र (नाग ची) मा विशेष गरी पाँचवटा तत्वहरुको शुद्ध रुपले व्रम्हाण्डका सम्पुर्ण प्राणीहरुको जीवन यापनलाई सुखमय, खुशीमय वनाउँछ र अशुद्ध रुपले दुःख, कष्ट र विनाशसम्म पु¥याउँछ भनेर व्याख्या गर्दछ । चिनियाँ ज्योतिषशास्त्रले पाँच तत्वहरु काठ, आगो, भूमि, फलाम र जलले प्रभाव पार्ने असरहरुको आधारमा भूत, वर्तमान र भविष्यमा प्राणीको जीवन यापन राम्रो र नराम्रो पक्षको विश्लेषण गर्दछ । उल्लेखित पाँच तत्व नै चिनियाँ ज्योतिषशास्त्रको मुख्य मेरुदण्ड हो,जसलाई पञ्चअंग वा पञ्चाङ्ग भनिन्छ । चिनियाँ ज्योतिषशास्त्रलाई सरल रुपमा व्याख्या÷प्रयोग गर्न पञ्च तत्व बाहेक अन्य विषयहरु वर्ष गणना चिन्ह (लो ताग), लोगमेन, पारखा, भाव मे, दर ग्यु, चुवदुन, के मे, गु धुर, ब्ला देललाई समावेश गरिएको छ । प्राणीहरुको शरीर संरचना र विकास हुनमा विभिन्न तत्वहरुको मुख्य भूमिका रन्हछ, जुन तत्वहरु पृथ्वीमै उपलब्ध छन् ।

त्यसैले यस पुस्तकमा चिनियाँ ज्योतिष पद्धति अनुसार सबै उमेरको व्यक्तिगत र्वािर्षक महाभूत तत्व भविष्य फल सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई स्पष्ट राखेको छु । यी सुखवेदना र दुःख वेदनाको श्रोत भनेको कर्मफल, तत्वहरुको आन्तरिक द्वन्द, दैनिक चर्या, जन्मको साइत, नक्षत्रको प्रभाव, ग्रहहरुको प्रभाव, जन्मस्थान, बासस्थान, कर्मस्थान, संगत, पारिवारिक वातावरण, व्यक्तिगत दृष्टि नै मुख्य हो । यस पुस्तकमा समस्याको साथसाथै समस्या हटाउने उपाय पनि उल्लेख गरेको छु । नकारात्मक फल भएका व्यक्तिहरु पनि निको हुन्छ भन्ने दृढ विश्वास साथ उपचार गर्नुहोस र आफ्नो दिनचर्या सहज र सरल बाह्र लोको वार्षिक फल बनाउनुहोस् ,अवश्य निको हुन्छ , सकारात्मक फल हुनेहरु पनि बढी खुशी भई उत्तेजित नहुनुहोस् किनभने यस पुस्तकमा तत्वसँगको अन्तरक्रिया बाट हुने फल मात्र गणना गरिएको छ । यत्तिले मात्र सबै समेटिँदैन, अरु पनि कारणहरुले असर गर्ने भएकोले मध्यम मार्ग अपनाई आफ्नो जीवन सरल र सक्षम बनाउनहोुस् । विशेष गरी २०७१ देखि २०७२ को लुग लो ( भेडा) बर्षमा मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, वाँदर, चरा, कुकुर र सुगुर वर्ग र पाँच खामहरुको बीचमा के कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा चिनियाँ ज्योतिष पद्धति (འབྱུང་རྩིས་) अनुसार स्पष्ट पार्न खोजेको छु । साथमा व्यक्तिगत शद्रभ—अशुभ दिशाहरु, धर्म गर्ने महत्वपूर्ण दिनहरू, विवाह गर्न नहुने तिथि, लो, तत्व(खाम)हरू, लुङधार (རླུང་དར་) को शुभ—अशुभ दिन र हरेक दिनको शुभ साइतको समय साधारण व्यक्तिले पनि सजिलै बुझ्न सकोस् भनी मेरो पुजनीय गुरु आचार्य निमा साङ्वो तामाङ्गको आशीर्वचन र प्रत्यक्ष्य निर्देशनमा नेपाली भाषामा प्रष्ट पार्न कोशिस गरेको छु । 
 राम बहादुर तामाङ्ग (मोक्तान), 
माघ २०७१ 
E-mail: bajra_engg@yahoo.com
Share:

2 comments:

  1. These outcomes have been referred to as losses disguised as wins or LDWs (Dixon et al. 2010; Jensen et al. 2013; Harrigan et al. 2012). In modern slot machines, there are counters that clearly show the whole spin wager, and different counters that show how much the player won on a given spin. Despite this data, novice slot machine gamers probably to|are inclined to} ignore the information on these counters and focus on to} the thrilling elements 카지노 사이트 of the games to tell them if they've won or misplaced. Indeed, nearly all of of} novice gamers when uncovered to LDWs point out that these have been winning spins, even though fact} that|although} they misplaced money on these outcomes (Jensen et al. 2013). Online slot machines are as simple to play as their bodily counterparts.

    ReplyDelete

Follow Us

Contact Form

Name

Email *

Message *

Blogger templates

Sora Cart

In this blog, you can find the books details published and distributed by Pratima Books, Bhaktapur, Nepal. You can also find the stationary, sports materials. school uniform. and many more related to students./p>