बाह्र लोको वार्षिक फल
ज्योतिषशास्त्र एक अद्धितीय महाशास्त्र हो । ज्योतिषशास्त्र भूमि प्राप्त गरेकालाई आवश्यक हुँदैन भने धारण मानिसहरुको लागि अति महत्वपूर्ण शास्त्र हो । ज्योतिषशास्त्र एक एैना हो जसले तपाईंको शुभ— अशुभ फल छर्लङ्ग देखाउँछ । यसलाई स्वीकार गर्ने नगर्ने व्यक्तिगत अधिकार हो । चिनियाँ ज्योतिषशास्त्र (नाग ची) मा विशेष गरी पाँचवटा तत्वहरुको शुद्ध रुपले व्रम्हाण्डका सम्पुर्ण प्राणीहरुको जीवन यापनलाई सुखमय, खुशीमय वनाउँछ र अशुद्ध रुपले दुःख, कष्ट र विनाशसम्म पु¥याउँछ भनेर व्याख्या गर्दछ । चिनियाँ ज्योतिषशास्त्रले पाँच तत्वहरु काठ, आगो, भूमि, फलाम र जलले प्रभाव पार्ने असरहरुको आधारमा भूत, वर्तमान र भविष्यमा प्राणीको जीवन यापन राम्रो र नराम्रो पक्षको विश्लेषण गर्दछ । उल्लेखित पाँच तत्व नै चिनियाँ ज्योतिषशास्त्रको मुख्य मेरुदण्ड हो,जसलाई पञ्चअंग वा पञ्चाङ्ग भनिन्छ । चिनियाँ ज्योतिषशास्त्रलाई सरल रुपमा व्याख्या÷प्रयोग गर्न पञ्च तत्व बाहेक अन्य विषयहरु वर्ष गणना चिन्ह (लो ताग), लोगमेन, पारखा, भाव मे, दर ग्यु, चुवदुन, के मे, गु धुर, ब्ला देललाई समावेश गरिएको छ । प्राणीहरुको शरीर संरचना र विकास हुनमा विभिन्न तत्वहरुको मुख्य भूमिका रन्हछ, जुन तत्वहरु पृथ्वीमै उपलब्ध छन् ।
त्यसैले यस पुस्तकमा चिनियाँ ज्योतिष पद्धति अनुसार सबै उमेरको व्यक्तिगत र्वािर्षक महाभूत तत्व भविष्य फल सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई स्पष्ट राखेको छु । यी सुखवेदना र दुःख वेदनाको श्रोत भनेको कर्मफल, तत्वहरुको आन्तरिक द्वन्द, दैनिक चर्या, जन्मको साइत, नक्षत्रको प्रभाव, ग्रहहरुको प्रभाव, जन्मस्थान, बासस्थान, कर्मस्थान, संगत, पारिवारिक वातावरण, व्यक्तिगत दृष्टि नै मुख्य हो । यस पुस्तकमा समस्याको साथसाथै समस्या हटाउने उपाय पनि उल्लेख गरेको छु । नकारात्मक फल भएका व्यक्तिहरु पनि निको हुन्छ भन्ने दृढ विश्वास साथ उपचार गर्नुहोस र आफ्नो दिनचर्या सहज र सरल बाह्र लोको वार्षिक फल बनाउनुहोस् ,अवश्य निको हुन्छ , सकारात्मक फल हुनेहरु पनि बढी खुशी भई उत्तेजित नहुनुहोस् किनभने यस पुस्तकमा तत्वसँगको अन्तरक्रिया बाट हुने फल मात्र गणना गरिएको छ । यत्तिले मात्र सबै समेटिँदैन, अरु पनि कारणहरुले असर गर्ने भएकोले मध्यम मार्ग अपनाई आफ्नो जीवन सरल र सक्षम बनाउनहोुस् । विशेष गरी २०७१ देखि २०७२ को लुग लो ( भेडा) बर्षमा मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, वाँदर, चरा, कुकुर र सुगुर वर्ग र पाँच खामहरुको बीचमा के कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा चिनियाँ ज्योतिष पद्धति (འབྱུང་རྩིས་) अनुसार स्पष्ट पार्न खोजेको छु । साथमा व्यक्तिगत शद्रभ—अशुभ दिशाहरु, धर्म गर्ने महत्वपूर्ण दिनहरू, विवाह गर्न नहुने तिथि, लो, तत्व(खाम)हरू, लुङधार (རླུང་དར་) को शुभ—अशुभ दिन र हरेक दिनको शुभ साइतको समय साधारण व्यक्तिले पनि सजिलै बुझ्न सकोस् भनी मेरो पुजनीय गुरु आचार्य निमा साङ्वो तामाङ्गको आशीर्वचन र प्रत्यक्ष्य निर्देशनमा नेपाली भाषामा प्रष्ट पार्न कोशिस गरेको छु ।
राम बहादुर तामाङ्ग (मोक्तान),
माघ २०७१
E-mail: bajra_engg@yahoo.com
Betting in your city - Sporting 100
ReplyDeleteBetting in worrione your www.jtmhub.com city poormansguidetocasinogambling.com - 메이저 토토 사이트 Sporting 100 jancasino
These outcomes have been referred to as losses disguised as wins or LDWs (Dixon et al. 2010; Jensen et al. 2013; Harrigan et al. 2012). In modern slot machines, there are counters that clearly show the whole spin wager, and different counters that show how much the player won on a given spin. Despite this data, novice slot machine gamers probably to|are inclined to} ignore the information on these counters and focus on to} the thrilling elements 카지노 사이트 of the games to tell them if they've won or misplaced. Indeed, nearly all of of} novice gamers when uncovered to LDWs point out that these have been winning spins, even though fact} that|although} they misplaced money on these outcomes (Jensen et al. 2013). Online slot machines are as simple to play as their bodily counterparts.
ReplyDelete