Entrance Manual for Grade 6
प्रस्तुत Entrance Manual for Grade 6 पुस्तक आफ्नो घर वरिपरी विद्यालयबाट
प्राथमिक शिक्षा उत्तीर्ण गरी देशमै नाम चलेका शिक्षण संस्थामा निम्न
माध्यमिक तहमा प्रवेश पाउन चाहने साना भाइबहिनीहरूका लागि तयार पारिएको हो
।
सबै अभिभावकको आफ्नो बालबालिकालाई राम्रो शिक्षण संस्थामा अध्ययन गराऔँ
भन्ने प्रबल इच्छा हुन्छ । जब कि त्यस्तो नाम कमाएको विद्यालयमा विद्यार्थी
भर्ना लिने सङ्ख्या सीमित हुन्छ ।
कलिला बालबालिकाहरूलाई घरबाहिर Coaching वा Tuition पठाउन अति नै गाह्रो
हुन्छ । त्यसैले बाहिर पठाउन नपरोस् भन्ने उद्देश्यले यस पुस्तकमा आधुनिक
सिकाइ शैली र अभ्यासहरू प्रशस्त मात्रामा समावेश
गरिएको छ । यसले गर्दा नानीहरू आफै पुस्तकको मद्दतले सिक्न सक्छन् ।
यो पुस्तक त्यस्तै विद्यालयहरूमा सोध्ने गरेका वा सोध्न सक्ने प्रश्नपत्रको
आधारमा सरल भाषामा तयार पारिएको छ । यस पुस्तकमा English, Mathematics,
Nepali, Science, G. K. & I. Q., Model Questions, Model Question with
solution र Answers & Explanations समावेश छन् ।
यो पुस्तक प्रवेश–परीक्षाका लागि मात्र नभएर निम्न माध्यमिक तहका
विद्यार्थीहरूका लागि सन्दर्भसामग्री पनि हो किनभने निम्न माध्यमिक तहमा
राम्रो अध्ययन गर्नका लागि आधारभूत ज्ञानहरू अति नै आवश्यक हुन्छ । ती आधारभूत ज्ञानहरू यस पुस्तकमा समेटिएका छन् ।
यो पुस्तक तयार पार्न विभिन्न व्यक्तिहरूले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुयाउनु भएको छ । ती महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । पुस्तक
सकेसम्म स्तरयुक्त बन्न सकोस् भनी प्रशस्त प्रयास गरिएको छ । यस पुस्तकलाई
आगामी दिनमा अझ स्तरयुक्त बनाउनका लागि उचित सुझावको अपेक्षा गर्दछौँ ।
- प्रतिमा बुक्स
18th October 2021
0 Reviews:
Post a Comment