Friday, April 17, 2020

School Music

School Music
पहिले पहिले मनोरञ्जनको साधनमात्र मानिने सङ्गीत हाल व्यावसायिक बन्दै गइरहेको छ । यसर्थ सङ्गीत मानिसको आय आर्जनको गतिलो स्रोत पनि बन्दै छ । सायद यही कुरालाई मनन् गरेर होला कतिपय विद्यालयहरूमा सङ्गीत शिक्षणलाई अनिवार्य गरिएको छ र अन्य विद्यालयहरू पनि सङ्गीत शिक्षणलाई आफ्नो शिक्षण कार्यक्रममा थप्ने मनस्थितिमा छन् ।   यसका साथै ठाउँठाउँमा सङ्गीत प्रशिक्षण केन्द्रहरू पनि धमाधम खुलेको छन् । यद्यपि सङ्गीत सिक्न चाहनेहरूका लागि सजिलै बुझ्न सकिने पाठ्यपुस्तकको अभाव चाहिँ छँदैछ । यसै अभावलाई परिपूर्ति गर्ने उद्देश्यले हामिले स्कुल सङ्गीत नामक पुस्तक प्रकाशन गर्ने जमर्को गरेका छौँ । विशेष गरी यो पुस्तक निम्नमाध्यमिक तहका विद्यार्थीहरूलाई उपयोगी हुने गरी तयार पारिएको छ भने स्वतन्त्र रूपले सङ्गीत सिक्न चाहनेहरूका लागि पनि यो उत्तिकै प्रभावकारी हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । यसका साथै सङ्गीत शिक्षण गर्ने गुरुहरूलाई पनि यो पुस्तकले मार्ग निर्देश गर्नेछ भन्नेमा हामी विश्वास छौँ । यस पुस्तकलाई हरसम्भव स्तरीय र परिष्कृत बनाउने प्रयत्न गरेका छौँ । तथापि लेखन र प्रकाशनमा क्रममा भएका विषयगत र भाषिक त्रुटिप्रति क्षमा माग्दै आगामी संस्करणमा अझै परिष्कृत परिमार्जित र त्रुटिरहित बनाउने कार्यका हामी प्रतिबद्ध छौँ । यसका लागि सबैका रचनात्मक सुझाव हाम्रा लागि स्वागतयोग्य हुनेछन् ।
"If I were not a physicist, I would probably be a musician. I often think in music. I live my daydreams in music. I see my life in terms of music."

- Albert Einstein
 “म भौतिकशास्त्री नभएको भए सम्भवतः सङ्गीतकार हुन्थेँ, म दिवास्वप्नमा सदा संगीत नै कल्पिन्छु र जीवनका यावत क्षणमा सङ्गीत नै नियाल्छु
- अल्बर्ट आइन्सटाइन

धन्यवाद
प्रतिमा बुक्स
दुधपाटी, भक्तपुर

Share:

1 comment:

  1. You will discover three 메리트카지노 options, notably the Tie, the Banker, and the Player. Note that you simply solely wager both on the Player's hand or the Banker's hand. Most folks ignore the Tie wager outcome of|as a end result of} it's the least favorable of all.

    ReplyDelete

Follow Us

Contact Form

Name

Email *

Message *

Blogger templates

Sora Cart

In this blog, you can find the books details published and distributed by Pratima Books, Bhaktapur, Nepal. You can also find the stationary, sports materials. school uniform. and many more related to students./p>