Sunday, March 1, 2020

हेमन्तका पालुवाहरु

Hemant ka Paluaharu


सानो देखि कविता लेख्ने सोखले होलाखोला, पहाड, रुख, फूल, गाई सबैको कविता लेख्थे, अरुले नबुझे पनि मैले कविता लेखेको थिएँ, त्यही लेखनको निरन्तरालाई तन्काउदातन्काउदातपाईहरू सामु यो पहिलो कृति पस्कन सफलभएँ ।

यो कृति भित्र विभिन्न कविताहरू समावेश छन् सकेसम्म मैले विविधविषयहरूलाई समेट्न प्रयास गरेको छु । पहिलो प्रयास हो कमीकमजोरी धेरै छन् जसलाई म सहर्ष स्विकार्छु ।

सफल कुराको पछाडी साथ सहयोग हौसला र सुझावको खाँचो हुन्छ । सैनिक महाविद्यालयका प्राचार्य शमिम अनवर शमिम र सम्पर्क अधिकृत प्रताप गुरुङ्गज्यूको सहयोग उल्लेखनीय रहेको छ । यो कृतिमा भएका राम्रा कुरालाई प्रोत्साहन तथा कमीकमजोरीहरूलाई सुधार्न सुझावदिई सम्पादनका साथै कृति प्रकाशनमा सुरुदेखिनै सस्नेह सहयोग गर्नुहुने नेपाली विभागका प्रमुख विष्णुप्रसाद अधिकारी सर र धु्रव बस्याल सर प्रति म सदा  ऋणीका साथै निकै कृतज्ञ छु ।

दुई वर्षको सैनिकमहाविद्यालयबसाईमा हरेक पाइलामाहौसला, सुझाव प्रेरणा दिनुहुने सह–प्राचार्य कुमार गुरुङ्ग सर, मानविकी विभाग प्रमुख दल प्रसाद पुन, अङ्ग्रेजी विभाग प्रमुख हरि सुवेदी सर, होस्टेल सुपरीटेण्डेन्ट रामकृष्ण अधिकारी सर र इ.सि.ए. प्रमुख जीत कुँवर सर प्रति सदा आभार प्रकट गर्न चाहन्छु ।
यो सानो प्रयासलाई उच्चमूल्याङ्कन गर्ने प्रतिमाबुक्सकाप्रतिमा साह र लाईब्रेरियन श्री मनोज कुमार साह सर धन्यवादका मुख्य पात्र हुन् ।
म नै कक्षामा पढ्दा राम्रो कवितालेखेवापतदाई (नेपालीशिक्षक) विजय सापकोटाले गौरी कविता सङ्ग्रह पुरस्कार स्वरुपदिनुभएको थियो उक्तकवितासङ्ग्रह हेमन्तकापालुवाको महत्वपूर्ण आधार हो ।

यसै गरी मेरो परिवारको बुवा–आमा, भिनाजु केदार घिमिरे दिदि सरिता, अर्पिणा, गीताभाउजु कवितादाईहरू गोकर्ण, रमेश, सरदप्रति म आभार प्रकट गर्न चाहन्छु । उहाँहरूको सहयोग र मार्ग दर्शनले आज म यहाँउभिन सफलभएको छु ।

मानविकी लगायत अन्य सङ्कायकाएकतिसै ब्याचका सम्पूर्ण साथीहरू, जसले मलाई सदा हौसलादिएउनीहरूको सहयोग म भुल्नचाहन्न् । मेरो पहिलो कविता पढ्ने बुलेट खत्रि र कभर आर्ट गर्ने भाई धिरेन प्रति कृतज्ञ छु । त्यस्तै सम्पूर्ण महाविद्यालय परिवारलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।

अन्तयमा हेमन्त ऋतुमा पालुवा पक्कै पलाउदैन । हिउँ, तुषरो, शीत र कुहिरोको मैसम हो यो । तर पनि सैनिकमहाविद्यालयको दुई वर्षे हास्टल बसाईमा आशाका साना सानापालुवाहरू पलाएका छन् । निकै कोमल छन् यीपालुवाहरू आशा छ तपाई तमाम पाठकको सुझाव र प्रतिकृयाले यी कोमलपालुवा हेमन्त ऋतुमै पनि वसन्त माझै फकने छन् । यसमा भएका राम्रा नराम्रादुवै कुराको निसङ्कोच प्रतिकृयाको खाँचो छ हेमन्तका पालुवाहरूलाई ।
कवि


Share:

1 comment:

  1. Pragmatic Play goes live in South Africa with the - JTM Hub
    Pragmatic Play, the leading content provider to the gaming 하남 출장안마 industry, has 의왕 출장안마 announced that 서산 출장안마 it 익산 출장안마 has entered South Africa and 원주 출장마사지

    ReplyDelete

Follow Us

Contact Form

Name

Email *

Message *

Blogger templates

Sora Cart

In this blog, you can find the books details published and distributed by Pratima Books, Bhaktapur, Nepal. You can also find the stationary, sports materials. school uniform. and many more related to students./p>